विचौलियाको प्रलोभन आजाद भिसामा कतार नआउन दूतावासको आग्रह

दोहा, वैशाख २५ । नेपाली दूतावास कतारले पछिल्लो समय विचौलियाले अनावश्यक प्रलोभन देखाई ‘आजाद भिसा’का नाम सयौं नेपालीलाई कतार ल्याई अलपत्र पारेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासले मंगलबार जारी गरेको सुचनामा विचौलियाले भने जस्तो कतारमा आजाद भिसा नहुने र यसरी आजादका नाममा आउने विषयमा नेपाल सरकारको वैदेशिक रोजगार विभागवाट सम्पूर्ण जानकारी लिएर मात्र आउन आग्रह गरेको छ ।
हेर्नुहोस दूतावासबाट जारी सूचना

कमेन्ट गर्नुहोस्