देशको सीमा मिच्चिएकाे बेला झंकार बुढाको देशभक्तिपूर्ण गीत ‘यो देशकाे निम्ती बाेल’ भिडियोसहित

गीतले भन्छ् ‘माटो साँची राखेर यो देशका निम्ती मर’

काठमाडौं, वैशाख २५ । भारतीय पक्षले कहिले सुस्ता, कहिले टनकपुर त कहिले पुनर्वासमा एकपछि अर्को स्थानमा सीमा अतिक्रमण गरिरहको छ ।

तर नेपालका शासक र नेताहरु नेपाली भूमि मिच्चिएको बारेमा भारत सामू कुनै प्रतिक्रिया जनाउन सक्दैनन् । सत्ता बाहिर हुँदा स्थापित हुनका लागि केही विरोध गरेपनि शक्तिमा पुगेंपछि कुनै प्रतिक्रिया दिनसक्दैनन् । आजसम्म त्यही अवस्था भएका कारण बारम्बार भारतले सीमा अतिक्रमाण गर्ने अरेको आममानिस बताउँछन् ।

यसै सन्दर्भमा कलाकार झंकार बुढा मगरले सीमा रक्षाका लागि जुटेर उठ्न मर्मस्पर्शी गीतमार्फत आह्वान गरेका छन् । उनलाई कलाकारहरु कमला घर्ती, अनिश तामाङ, भावना बुढाले साथ दिएका छन् ।

गीतले भन्छ् ‘माटो साँची राखेर यो देशकाे निम्ती मर’

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्