मेनपावरले झुक्याउदा साउदि पुगेका २६ नेपालीको सडकमा बास

एभरेस्ट दैनिक /सम्बाददाता
साउदी ,बैशाख २५
नेपालको मेनपावर कम्पनीले नक्कली करार सम्झौता गराइ झुक्याएर साउदी पठाइएका २६ जना नेपाली कामदार अलपत्र परेका छन ।

काठमाडौमा रहेको मोन्टेज मेनपावर प्रालिले प्रतिब्यक्ति १ लाख ५० हजार सम्म असुल गरि किचेन हेल्पर कामका लागि भन्दै दुई महिना अघि साउदि अरबको जोद्दा पठाइएका उनिहरु त्यहाँ पुगे पछी सम्झौता अनुसारको काम नपाउदा बिचल्लीमा परेका हुन ।

सुरुमा जोद्दा स्थित एक कन्स्ट्रक्सन कम्पनीमा काम लगाइएको भए पनि उनीहरु मध्य केहि बिरामी परेपछि काम गर्न नसक्ने बताउदा कम्पनीले होस्टेल बाट समेत निकाले पछी उनीहरु सडकमा बास बस्न बाध्य भएको नेपाली जन प्रगतिशील मंच साउदीका अध्यक्ष कमल शाहि निर्मलले जानकारी दिएका छन ।

अलपत्र अबस्थामा सडकमा भेटिएका पीडितहरुलाइ जोद्दामा रहेका नेपाली संघसस्थाले हाल खान बस्नको प्रबन्ध मिलाइ राखेको र उद्दारको लागि बाणिज्य दूतावास मार्फत पहल सुरु गरिएको शाहिले बताएका छन ।

कमेन्ट गर्नुहोस्