मजदुर नेताको पत्रकार सम्मेनमा प्रहरी हस्तक्षेप, महासंघका अध्यक्ष सहित १२ जना गिरफ्तार

काठमाडौं, बैशाख २६ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको संवाद डबलीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको हो । पत्रकार सम्मेलन सकिनै लाग्दा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

महासंघका केन्द्रीय सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एल. बी. बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भीम अधिकारी, केशवबहादुर बुढा, विनोद सिरपाइली, शिव परियार र नितु शाहलाई प्रहरीले  गिरफ्तार गरेको छ । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी बृत्त सिंहदरबार राखिएको छ ।

कमेन्ट गर्नुहोस्