परिवर्तित अवस्थामा नागरिकलाई कानूनी शिक्षा आवश्यकः कानून व्यवसायी

कालिकोट । राजनीतिक परिवर्तन र संघीय संरचनामा मुलुक गएसँगै बनेका नयाँ कानून र ऐन नियमका बारेमा नागरिकलाई यथोचित जानकारी गराउन नसकिँदा समस्या उत्पन्न भएको कानून व्यवसायीले बताएका छन ।

६६आंै कानून दिवसका अवसरमा कालिकोट जिल्ला बार एशोसियसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने नागरिक अगुवाहरुले कानूनविपरितको गल्तीलाई क्षमा दिन नसकिने भन्ने तर्कमात्रै भन्दा पनि स्थानीयलाई कानूनका विषयमा साक्षात्कार गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा बोल्ने नागरिक अगुवाहरु छाया सुनार, दक्षिण शाही, मनराज शाही लगायतले कानून के हो भन्ने कुरा नागरिकले बुझे सुुशासन कायम हुने तर्क गरेका छन । जिल्ला बारका अध्यक्ष हिक्मत विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने प्रदेश सांसद कुर्मराज शाही, पुर्व सांसद तुलाराज बिष्ट लगायतले अहिले पनि राजनीतिकरुपमा मात्रै नभएर कानुनी हिसाबले पनि संक्रमण रहेको बताएका छन , बरिष्ट अधिबतmा समेत रहेका पुर्व सांसद बिष्टले आगामी भदौ १ गतेदेखि नयाँ मुलुकी ऐन कार्यन्वयनमा जाने भएकाले यो बीचको समय संक्रमणको समय भएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने प्रदेशसभा सदस्य कुर्मराज शाहीले देसमा तीनवटा सरकार रहेकाले अहिले राज्य संयन्त्रमा रहेका अन्यौलत हट्न समय लाग्ने बताउनुभयो । कार्यक्रममा बोल्ने नेपाली कांग्रेसका कालिकोट जिल्ला कार्यसमितिका सभापति हर्षबहादुर बम र एमाले अध्यक्ष नगेन्द्र शाहीले जिल्ला अदालतमा न्यायाधीशसमेत काजमा राखेर स्वतन्त्र न्याय दिन्छु भन्नु गलत भएको बताउनुभयो ।

नागरिक सर्वोच्चता, प्रेस स्वतन्त्रता र अभिव्यतिm स्वतन्त्रताको प्रत्याभुत भएमात्र कानूनको सर्वोच्चता सहीदको न्यायीक राज्यको अनुभुति नागरिकले गर्ने उहाँहरुको भनाई छ ।

कार्यक्रममा जिल्ला अदालत कालिकोटका श्रेस्तेदार कृष्ण प्रसाद पौड्या र जिल्ला न्यायधिवतmा उत्तम थापाले न्यायीक सम्पादनमा न्यायीक निकायको पहुँच अहिले पनि कमी रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्