Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काबुलमा भीषण भिडन्त, ठूल्ठूला बम विष्फोट

अफगानिस्तान, वैशाख २६ । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी क्षेत्रमा प्रहरी र चरमपन्थी आतंककारीबीच भिड्न्त जारी रहेको छ । भिडन्त सुरक्षा निकायको क्याम्प नजिक भइरहेका बताइएको छ ।

साथै काबुल नजिक अर्को स्थानमा भने बम विष्फोटनको कैयौं आवाज सुनिएको बताइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार बम विस्फोट पछि ठूलो गोलाबारी भएको जनाइएको छ ।

खबर तयार पार्दासम्म मानवी क्षतिको जानकारी नआएपनि ठूलो जनधनको क्षति भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ ।

पछिल्ला महिनामा काबुल शहरमा उच्च अधिकारीहरुको निवास र कार्यालय रहेका क्षेत्रमा चरमपन्थी हमला बढेको छ ।

धेरै जसो हमलाहरु तालिवान र आफूहरुलाई इस्लामिक स्टेट भन्ने चरमपन्थी संगठनका बन्धुकधाीहरुले गराएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: