नापी कार्यालयमा विद्युत लाइन नहुँदा सेवाग्राहीलाई समस्या

काठमाण्डौ । नापी कार्यालय कंलकीमा बिहानदेखि विधुत सेवा नहुदा सेवाग्राही मारमा परेका छन । बिहानदेखि विद्युत्त लाईन नभएको भन्दै नापी कार्यालयमा आउने सेवाग्राही सेवा लिनबाट वञ्चित हुनुपरेको हो ।

नक्सा, ट्रेस लिनलाई बिहानदेखि विद्युत लाईनमा समस्या भएको कारण फर्कनुपरेको सेवाग्राही दहचोकका रूपेश दानीले बताए । पछिल्लो समय मालपोत कार्यालय, नापी कार्यालयहरूमा सेवाग्राहीहरूको भिड लाग्ने स्थान मध्य पर्ने गर्दछन ।

यिनै कार्यलयहरूवाट आम सेवाग्राहीहरूको व्यापक जनगुनासो र काममा ढिला सुस्ती हुने गरेको छ ।

बिहानैदेखि कार्यालयमा सेवाग्राही जनताहरूको जनगुनासो आएपछि नापी कार्यालय कंलकीका प्रमुख दिपककुमार सापकोटालाई प्रतिकृया लिन जाँदा उहाँको कार्यालयमा उपस्थिति थिएन ।

कमेन्ट गर्नुहोस्