इरानसँगको परमाणु सम्झौताबाट पछि हट्ने भयो अमेरिका

सहयोगी देशहरू भन्छन्: फैसला खेदपूर्ण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले फेरि एउटा विवादास्पद फैसला गरेका छन् । राष्ट्रपति ट्रंपले इरानसँग २०१५ मा भएको परमाणु सम्झौतापछि उसलाई प्रदान गरिएका छूटहरूमा आफू कायम नरहने बताएका छन् पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको उक्त सम्झौतालाई ट्रंपले ‘अप्रासंगिक र बाहियात’को संज्ञा दिएका थिए ।

ट्रंपको यस कदमप्रति उनका युरोपेली सहयोगी राष्ट्रहरू र केही सैन्य सल्लाहकारहरूको असहमति रहेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भने अमेरिकाको यस कदमप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् ।

उता इरानले ट्रंपको यस कदमको कडा शब्दमा निन्दा गर्दै यसको प्रत्युत्तर स्वरूप उर्जा र हतियार निर्माणका लागि आफूले युरोनियम सम्बर्धनको काम फेरि थाल्ने बताएको छ ।

इरानका राष्ट्रपति हसन रूहानीले ट्रंपको  यस फैसलाको कडा शब्दमा निन्दा गरेका छन् । उनले भने, “अमेरिकाले ऊ आफ्नो कुरामा टिक्न सक्दैन भनेर प्रष्टसँग बताइदिएको छ । मैले आणविक उर्जा संगठनलाई युरेनियमको ‘औद्योगिक’ स्तरमा सम्बर्धनको आदेश दिइसकेको छु ।”

उनले आफ्ना सहयोगी राष्ट्र र परमाणु सम्झौतामा संलग्न अन्य देशहरूसँग कुराकानी गर्न आफूले केही हप्तासम्म प्रतीक्षा गर्ने बताएका छन् ।

अमेरिकाले इरानमाथि तुरुन्त नै आर्थिक प्रतिबन्ध नलगाइने बरू यसका लागि ३ देखि ६ महिना प्रतीक्षा गर्ने बताएको छ ।

उसले २०१५ को सम्झौतामा उल्लेख भएका उद्योगहरूमा मात्र यो प्रतिबन्ध लगिने जनाएको छ । यसमा इरानको तेल व्यापार, विमान निर्यात, बहुमूल्य धातु र इरान सरकारको डलर किन्ने प्रयासलाई सामेल गरिएको छ ।

ट्रंपले उक्त सम्झौताले इरानको परमाणु गतिविधिहरूमा तोकिएको समयसम्म मात्र रोक लगाउन सक्ने र यसले इरानले गर्ने गरेको क्षेप्यास्त्र विकासलाई रोक्न नसकेको आरोप लगाएका थिए । उनले यस सम्झौता अन्तर्गत इरानले प्राप्त गरेको एक सय अरब डलरलाई नयाँ हतियार किन्न र मध्यपूर्वमा दमन गर्न प्रयोग गरेको आरोप लगाएका छन् ।

इरानसँगको यस सम्झौतामा अमेरिकासँगै संलग्न फ्रान्स, जर्मनी र ब्रिटेनले राष्ट्रपति ट्रंपको यो फैसला खेदपूर्ण रहेको बताएका छन् ।

ट्रंपको यस फैसलाप्रति पूर्व अमेरिकी विदेशमन्त्री र सम्झौताका सामेल रहेका जोन केरीले ट्विटमार्फत् विश्वसामु केही वर्ष अगाडि जस्ता सुरक्षा चुनौतीहरू थिए यस फैसलाले हामीलाई फेरि त्यहीं पुऱ्याइदिएको छ ।

बिबिसी

 

कमेन्ट गर्नुहोस्