प्रेम रावत र नरमाया घर्तीको ‘सिन्दुर’ भिडियोसहित

काठमाडौं, वैशाख २५ । गायक प्रेम रावत र गायिका नरमाया घर्तीको स्वरमा मार्मिक लोकदोहोरी गीत ‘सिन्दुर’ को म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।

मुनामदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा बनाइएको गीतको म्यूजिक भिडिणे गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सागर घर्ती मगरको शब्द र प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । मायामा पागल भएको कुरालाई गीतमा मौलिक पारामा समेटिएको छ ।

म्यूजिक भिडियोको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा नेशल जीएम र आशा खड्काको बेजोड अभिनय रहेको बताइन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन ।

कमेन्ट गर्नुहोस्