मुख्यमन्त्रीसहित नेताहरुले कर्णालीको द्रूत विकासका लागि प्रधानमन्त्रीलाई बुझाए योजनाहरुको पोको

काठमाडौं, वैशाख २६। कर्णाली प्रदेश सरकार र राजनीतिक दलका नेताहरुले कर्णाली प्रदेशको तीब्रगतिमा विकासका लागि सामाजिक न्यायका आधारमा आगामी बजेटमा यथोचित रकम व्यवस्थापन गर्न केन्द्र सरकारसँग माग गरेका छन् ।

बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापनपत्रमा दर्जनौ योजनाहरुको सूचीसहित बजेट माग गरिएको छ ।

उनीहरुले ठूला आयोजनाहरु निर्माण नहुँदासम्म कर्णालीको विकास नहुने भन्दै कर्णालीलाई न्यायोचित रुपमा बजेट दिन माग गरे ।

पूर्वगृहमन्त्री जनार्दशन शर्मा, पूर्वमन्त्री यामलाल कंडेल, पूर्वमन्त्री जीवनबहादुर शाहीसहित प्रधानमन्त्रीलाई भेटेका मुख्यमन्त्री शाही र आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारको प्राथमिकताका योजनाको सूचीसमेत बुझाए ।
हेर्नुहोस ज्ञापनपत्र

कमेन्ट गर्नुहोस्