क्रिकेट प्रतियोगिता वैशाख ३० देखि

काठमाडौं, वैशाख २६ । नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–२० क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ ।

उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगिताको विजेता टोलीले रू ५० हजार तथा उपविजेताले रु २५ हजार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु १० हजार पाउनेछन् भने प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडी रु पाँच हजार पाउनेछन् । प्रतियोगिता जेठ ८ गतेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्