Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जन प्रगतिशील मंच युएई अबुधाबिका अध्यक्ष न्यौपाने सम्मानित।

युएई ।
बैशाख २६ ,नेपाली जन प्रगतिशील मंच युएई अबुधाबी छेत्रका अध्यक्ष दिपक न्यौपाने अबुधाबिमा विशेष कार्यक्रमका बिच सम्मानित भएका छन ।

युएईको राजधानी अबुधाबि स्थित इमिरेट्स प्यालेस होटेलमा बुधबार आयोजित कार्यक्रममा अबुधाबी प्रहरी र अल अहलिया हस्पिटलले युएईमा रहि श्रमिक हितमा उल्लेखनीय काम गरेको भन्दै न्यौपानेलाई सम्मान गरेको हो ।

कार्यक्रममा झन्डै सय रास्ट्रका राजदुत , समाजसेवी,युएई अबिधाबी प्रहरीका मुख्य ब्याक्तिहरु एबम अल अहलिया अस्पतालका म्यानेजिङ डाइरेक्टर लगाएत विभिन्न निकायका प्रमुख ब्याक्तित्वहरुको उपस्थिति रहेको थियोे।


युएईमा रहि रोजगारी सङ्गै समस्यामा परेका आफ्ना देशका नागरिकलाई सहयोग गर्न विभिन्न देशका ब्यक्तित्व हरु सो कार्यक्रममा सम्मानित भएका छन् भने नेपालको तर्फबाट न्यौपानेले प्रतिनिधित्व जनाएका हुन।
सम्मानित सबैलाई अबुधाबी प्रहरीका मुख्य ब्याक्तित्व एबम अल अहलिया अस्पतालका म्यानेजिङ डाइरेक्टरले प्रमाण पत्र र अवार्ड बितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: