मेरुदण्ड पीडित बम्जनलाइ तामाङ घेदुङ इजरायलबाट आर्थिक सहयोग।

काठमाडौ ।
बैशाख २६, ६ बर्ष अघि लडेर मेरुदण्डमा चोट लाग्दा उपचार गर्न नसकी आपाङ्ग जीवन बिताउन बाध्य भएका सिन्धुलीका ३४ बर्षिय सुरेन्द्र कुमार बम्जनलाई नेपाल तामाङ घेदुङ इजरायलले आर्थिक सहयोग गरेको छ ।

तामाङ घेदुङ इजरायलकि अध्यक्ष माया तामाङ ( दिप्मा ) को पहलमा सङ्कलन गरिएको आर्थिक सहयोग रकम ८०,००० ( असि हजार ) रुपैया इजरायल घेदुङका पुर्व अध्यक्ष कल्पना मोक्तान तामाङ निबर्तमान उप महासचिब अनिला मोक्तान तामाङ , तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले बरिस्ठ उपाध्यक्ष बेलि लामा उपाध्यक्ष कुमार घिसिङ सचिव राम कृष्ण ब्लोन लगायतको उपस्थितिमा बुधबार सहयोग रकम हस्तान्तरण गरिएको सुरेन्द्र बम्जनले जानकारी दिएका छन ।

नेपाल तामाङ घेदुङले आफ्ना सवै प्रवास सङ्ठनहरुलाई सुरेन्द्रको उपचारमा सहयोग जुटाउन अपिल छ।
नेपालमा उपचार सम्भव नभएपछी भारतमा उपचार गर्न जाने तयारीमा रहेका बम्जनलाइ उपचार खर्च झन्डै ४० लाख रुपैयाँ लाग्ने डाक्टरले जानकारी दिएको बताउदै देश बिदेशमा रहेका सबैलाई आफ्नो उपचारमा सक्दो सहयोग गर्न बम्जनले अनुरोध समेत गरेका छन।
यसअघि बम्जनको उपचार्थ नेपाली जन प्रगतिशील मंच युएईले बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्