यो जातको त्यो जातको भन्ने मान्छे कुजातको हो।

लेखक :मेघराज सापकोटा/राम तामांग

बिहान ७ बजेको हुँदो हो । साथी निमेश गिरीले ‘ओई काठा’ भनेर बोलाए । फेसबुकको मेसेन्जरमा । बोलौ कि नबोलौ भयो । उत्तर दिउँ भने के भनेर दिनु, रिसाउनु कि हाँस्नु ? ‘हजुर’ भन्नु कि ‘अँ’ मात्र भन्नु अक्क न बक्क भएँ । म्यासेज सीन गरेँ उत्तर फर्काइन । उनको यो सम्बोधन केबल ब्यंग्य थियो ।

दिनभरी यो काठाको बारेमा सोचिरहेँ । मैले यस अघी पनि काठा भनेको सुनेको थिएँ । सानो सानो छँदा केही गैर बाहुनछेत्री साथीभाइ, छिमेकी र अन्यले रिसाएर हामी बाहुन छेत्रीहरुलाई काठा भनेर गाली गरेको सुनेको थिएँ । तर आज बिहानैको ‘काठा’ ले चाँही मलाई ‘किक’ गर्‍यो ।

नेपालमा आमुल परिवर्तनको लागि ठुला ठुला आन्दोलन भए । बर्गिय उत्थान, जातिय उत्थानको लागि बिभिन्न क्षेत्रमा चेतना मुलक आन्दोलनको उठान गरिए । ईतिहासलाई यसो हेरें, सबै बिकृतीलाई रद्दीको टोकरीमा फाल्न गरिएका ती आन्दोलनहरुको मुख्य नेत्रित्व प्राय तिनै काठाहरुले गरेका रहेछन् । उठ तिमीहरुलाई अन्याय भो, शासकहरुले तिमीहरुलाई दले, हेपे, उठ जाग भन्ने पनि काठा नै रहेछन् । रै पनि ती शासकको भार तिनै आन्दोलन गर्ने वा आन्दोलनको समर्थन गर्ने साना काठाहरुले बोक्नु परेको छ ।

त्यसो त नेपालमा सबै जात जातीको नामाकरण गरिएको रहेछ । एक जातले अर्को जातलाई चाहे त्यो ठुलो जात भनाउँदाले सानोलाई होस् या सानो भनिनेले ठुलो वा आफु भन्दा ठुलो भन्ने जातीहरुलाई गाली गर्नु पर्‍यो भने, हेपेर बोलाउनु पर्‍यो भने यस्तो नाम काढेर बोलाउने गरिने रहेछ । म कुन जातीलाई कुन नामले बोलाइन्छ भनेर लेख्न उचित ठान्दिन् ।

नेपालको पहाडी भागमा ब्राहमण जातीलाई साधारण बोलिचालीको भाषामा बाहुन भनिन्छ । उनिहरु खस भाषा वा नेपाली भाषा बोल्दछन् । छेत्रीहरु पछी नेपालको सबै भन्दा धेरै जनसंख्या भएको जाती बाहुन हो । १८५४ को मुलुकी ऐनले बाहुनलाई तागाधारी भनेर बर्गिकरण गरेको छ । जस अन्तर्गत छेत्रीहरु पनि बाहुन अन्तर्गत नै पर्दछन । खस समुदायको राजपुत मानिने छेत्रीलाई समेटी गरेर नेपालमा झन्डै ३८/३९ प्रतिशतको हाराहरीमा बाहुन छेत्री रहेका छन ।

बाहुनहरुलाई बासस्थानको आधारमा २ किसिमले बर्गिकरण गरिएको रहेछ । महाकाली नदी पूर्वको जती पुर्बिया बाहुन र पश्चिमको जती कुमाइ बाहुन भनेर । महाकाली पश्चिममा कुमाउगढ ठाउँ भएर पनि कुमाइ भनिएको हुनसक्छ ।

यसरी हेर्ने हो भने बाहुन छेत्री वा अन्य कुनै जाती हुनु प्रक्रितीको देन हैन रहेछ । त्यो त मानब जातीले आँफैले कोरेको रेखा रहेछ । तर बनावट चाँही प्राकृतिक देन हो । सोही बनावट र भौगोलिक बासास्थानका आधारमा ती नामाकरण भए होलान । भोट तिब्बतबाट आएका वा उनीहरु जस्तै रुप बनोट भएकालाई भोटे भनेको हुनसक्छ भने बाहुनहरु बर्षौं देखि काठले बनेको घरमा बस्ने वा काठको ठेकी र अन्य भाँडो प्रयोग गर्नाले पनि काठा भनिएको हुनसक्छ ।

त्यसो त बर्षौं देखि काठमाडौं उपत्यकाको काँठमा बाहुन क्षेत्रीहरु बसोबास गर्दैछन् । काँठमा बसोबास गरेकोले उनीहरुलाई काठा भनिएको हुनसक्छ । तर ईज्जतले हैन बेईजत गर्न वा नाम काढ्नु पर्यो भने मात्र ।

समुन्द्र सतह देखि जति माथि उचाईमा गईन्छ, हरेक १ हजार मिटरको फरकमा फरक हावापानी पाईन्छ । प्रकृतिसृष्ट हरेक वनस्पति तथा प्राणीहरू यिनै विविधताप्रदत्त फरक भौगो‍लिक हावापानीका कारण अग्लो-होचो, सानो-ठूलो र मोटो-पातलो हुने गर्छ । तराईमा हुने सालको बोट सर्लक्क अग्लो र पात फराकिलो हुन्छ, पहाडमा हुने चाँपको बोट अलि होचो र पात अलि सानो हुन्छ र हिमालमा हुने सल्लाको बोट एकदम होचो र पात एकदम मसिनो हुन्छ । वायुमण्डलमा अक्सिजनको उपस्थिति पनि यसैकारण हरेक उचाईमा फरक हुनुको कारण हो किनभने जति उचाईमा गयो त्यति नै वनस्पतिका पातहरू साना हुदै जाने र सानो पातले थ‍ोरै नै फोटोसिन्थेसिस प्रकृया गरेर थोरै नै अक्सिजन फ्याँक्दछ ।

यसै गरी मानव विकास तथा पशु विकास पनि यहि भौग‍ोलिक फरक उँचाईका कारण फरक फरक भए । तराईमा लामो पुस्ता एकै ठाउँमा बस्नेहरूका हात, गोडा, मेरूदण्ड, पुरूषलिङ्ग, योनी भङ्गाकुर लामो भए, अाँखा ठूलो, नाक चुच्चो र शरीर भरी रौं नै रौं भए भने पहाड वा हिमाली क्षेत्रमा बस्नेहरूका हात, गोडा, मेरूदण्ड, पुरूषलिङ्ग र योनी भङ्गाकुर छोटो भए । आँखा चिम्सो, नाक थेप्चो र शरीरका एकदम थोरै रौं भए ।

यदि मानव विकासको क्रममा बनेका शेर्पाका पुर्खाका पिथेकसहरू समुन्द्र सतह तिर बसेका भए तिनीहरू अहिले क्षेत्री बाहुन जस्तै शारीरिक बनावटका हुन्थे र यदि क्षेत्री बाहुनका पुर्वज पिथेकसहरू हिमाली क्षेत्रमा बसोबास गरेका हुन्थे भने तिनीहरूको शारिरीक बनावट शेर्पाको जस्तो हुन्थे । अहिले पनि हेर्नुस्, लेकमा बस्ने तामाङ्गहरू भन्दा बेसीमा बस्ने तामाङ्गहरू अग्ला छन्, तराईमा बस्ने क्षेत्री बाहुन भन्दा पहाडमा बस्ने क्षेत्री बाहुन पनि होचा छन् केहि अपवाद र बंशाणु नश्ल बाहेक ।

हामीले हाम्रा शारीरिक बनावट हेरेर तुलना गर्नु न्यायोचित छैन किनभने प्रकृतिले हामी सबैलाई बराबर ब्यबहार गरेका छन् । फरक छ त सिर्फ हामीले नै बनाएको सामाजिक अर्थनैतिक व्वस्था । जबसम्म हामीले अहिले विद्यमान सामाजिक ढाँचा बदलदैनौं तबसम्म हाम्रो समाजको सर्वाङ्गिण विकास हुन सक्दैन ।

अतः जातपात, छुवाछुत अन्त्य गरी सबै जातको उल्लेख्य सहभागितामा अन्तर्जातिय समाजको निर्माण गर्नु एकदम अपरिहार्य भएको छ । एउटा बाहुनले चमार बिहे गर्दा, एउटा नेवारले अफ्रिकाको हब्सिनी बिहे गर्दा र एउटा थारूले एउटा रसियन बिहे गर्दा एवं रितले एउटा जातले अर्को जातलाई बिहे गर्दा बनेको अन्तर्राजातिय समाजले नै हाम्रो समाजलाई सन्तुलित राख्न सक्छ । त्यसैले चुच्चे र थेप्चे, काँठा र भोटे भनेर हामी लड्नुको केहि तुक छैन । यो जात र त्यो जातको भन्ने मान्छे कुजातको हो । हाम्रो जात एउटै छ त्यो हो मानव जाती ।

कमेन्ट गर्नुहोस्