आजको राशिफल : अाज वैशाख २७ गते , बिहिबार

वि.स.२०७५ साल वैशाख २७ गते । बिहिबार । ईश्वी सन् २०१८ मे १० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि दशमी ३७ घडी २६ पला,बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त एकादशी । नक्षत्र शतभिषा १० घडी २५ पला,बिहान ९ बजेर ३० मिनेट पूर्वाभाद्रपदा । योग ऐन्द्र १६ घडि ५३ पला,दिउसो १२ बजेर ०६ मिनेट उप्रान्त वैधृती । करण वणिज,बिहान ७ बजेर ५२ मिनेट उप्रान्त भद्रा ,बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा बज्र योग । चन्द्रराशि कुम्भ ।

काठमाडौंमा सूर्योदय ५ बजेर २० मिनेट,सूर्यास्त बेलुका ६ बजेर ४२ मिनेट । दिनमान ३३ घडी २४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — १,२ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — पुर्व

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — निलो

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ४,९ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ ।

शुभ अंक — ५,६ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ । कार्यक्षेत्रमा थोरै समय लगानि गर्दा पनि उत्कृष्ट नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ ।

शुभ अंक — २,८ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाई आफैतिर ल्याउन सकिनेछ ।

शुभ अंक —३,६ शुभ दिशा — उत्तर

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ ।

शुभ अंक — १,२ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नया कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — उत्तर

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।
शुभ अंक — ४,९ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

कमेन्ट गर्नुहोस्