अधिकारको नाममा हुने विभेद बन्द गरौं

उत्तम बिक/

नेपाल बहुजातिय बहुभाषिक राष्ट्र हो । यहाँ हरेक जातजातीका मानिसहरु बासोबास गर्दछन । हिन्दु, बौद्ध, क्रिश्चियन, मुस्लिम लगायत अन्य धर्म मान्ने मानिसहरुको बसोबास रहेता पनि झण्डै साठी प्रतिशत भन्दा बढि मानिसहरुले हिन्दुधर्म मान्ने गरेको पाईन्छ । नेपाल गणतन्त्रको स्थापना हुनुभन्दा पहिला हिन्दु राज्य थियो तर गणतन्त्रको स्थापना संगै नेपाल संघिय गणतन्त्र हुँदै धर्मनिरपेक्ष राष्ट्र घोषना भएको पनि झन्डै एक दशक भईसकेको छ ।

तत्कालिन नेकपा माओबादीको दश बर्षे जनयुद्ध बिभिन्न खाले जनआन्दोलन, मधेस अन्दोलन लगायतको बलमा सयौ बर्ष देखिको सामन्ति राजतन्त्रको अन्त्य गर्दै देश गणतन्त्रमय बनेको हो ।

गणतन्त्रको स्थापना संगै देशमा दुईपटक सम्म संबिधान सभाको निर्वाचन भए । त्यसपछि देशले नयाँ संबिधान पाएको थियो । सबै जातजाती भाषा धर्म संस्कृतिलाई समान हुन भनेर नयाँ संबिधानमा नागरिकका हरेक अधिकारहरुलाई समेटेर घोषणा गरिएको छ । उक्त संबिधानको आडमा टेकेर अधिकारको नाममा केहि ब्यक्तीहरु बाट गलत प्रचारप्रसार हुँदा अहिले सामाजिक संजालहरुमा बिधिन्न जातजाती, भाषाभाषि, धर्म, समुदाय बिच निकै बिबादस्पद बिषयहरु उठने गरेका छन् ।

यस्तै बिबादस्पद कुराहरु मध्ये केहि समय पहिला सामाजिक सञ्जालमा गाई काटेर खान पाउनु पर्ने केहि ब्यक्तीहरुको अभिब्यक्ती देख्दा यस्तो लाग्थ्यो हामी कतै गलत बाटो तिर त लागी रहेका छैनौं ? हो गाईको मासु खान नहुने भन्ने छैन खानेले खान सक्छन तर मासु खाने बाहानामा गाईलाई काट्नै पर्ने कुरा भने नेपाली समाजमा तत्काल असम्भब देखिन्छ । गाईको बारेमा बिबिध टिका टिप्पनीहरु उठिरहदा गाई केहो र किन काट्न मिल्दैन भनेका हुन त त्यो बुभm्न जरुरी हुन्छ । गाईको मासु खान केहि समुदायलाई छुट भएपनि गाई राष्ट्रिय जनावर र हिन्दुधर्मावलम्बीहरुले पुजा गर्ने जनावर भएको कारण गाईलाई काट्न नेपालको कानुनले प्रतिबन्ध लगाएको छ ।

उत्तम बिक/

सबै जातजाती धर्म समुदाय समान हुन सबैलाई समान ब्यबहार गरिनु पर्छ भनर नेपालको कानुनमा घोषणा गरिएता पनि कानुनले प्रतिबन्ध लगाएको कुरामा मान्छेले अटेर गर्छ भने कानुनी उपचार हुन्छ र हुनुपर्छ । कानुनलाई हातमा लिएर अटेर गर्दै गाई काटेको आरोपमा हेटौडाका केहि ब्यक्तीहरुलाई गाई काटेको अपराधमा जेल चलान गरेको कुरालाई लिएर ३ नम्बर प्रदेशको उपसभामुख राधिका तामाडले उनिहरुलाई रिहाई गर्नू पर्ने कुरा गृहमन्त्री समक्ष राखेको बिषय त्यतिबेला सामाजिक संजालमा भाईरल बनेको थियो । उक्त कुरालाई लिएर देश बिदेशमा रहेका नेपालीहरु बिच तछाड मछाड भनाभन समेत चलेको थियो । एकले अर्कालाई होच्याउने गाली गलौज गर्ने देखि लिएर बर्षाै देखिको मित्रतामा पनि फाटो आउने सम्मको बिबाद बढ्यो यो राम्रो पक्ष थिएन र हैन पनि ।

समाजमा रहेको बिकृती बिसंगती हटाएर समुन्नत नेपाल निर्माण गर्ने नयाँ सोचका साथ अगाडी बढेको हाम्रो समाजमा यस्तो कुरा उठाएर गलत प्रचार गर्दा देश बिकासको सट्टा बिनास तिर जानेमा दुईमत छैन । हाम्रो देश यसै पनि अन्य देशको दाजोमा बिकासोन्मुख देश गरिब देश भनेर चिनिनु परेको छ भने यस्ता सानोतिने कुरामा नै अल्झिने हो भने झन के होला ? यतातिर नेपाली जनता र सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

गाई काटेर खादैमा सदियौ देखीको समस्या समधान हुन्छ भनेर सोच्नु गलत हो । परम्परा देखि चलि आएको हिन्दु अतिबादको अहंकारलाई समाप्त पार्ने सोचको साथ जनजाती समुदायका केही टाठाबाटा भनौदाहरुले समाजमा मिलेर बसेको समुदायलाई अतिरन्जित ढंगले उग्र बनाउने र बिखण्डन तिर देश र समुदायलाई धकेलेर स्वार्थ पुर्तिको लागी सोच्नु राष्ट्रको हित बिपरित छ । कुनैपनि समस्याको समधान बिरोध गर्दैमा सम्भब हुने हैन । समस्या समधानको लागी पहिला त्यस्को मुख्य बिन्दु पत्ता लगाउन जरुरी देखिन्छ । गाईलाई काटेर खादैमा समस्या समधान हुने हैन । समस्या समधानको लागी सताब्दीयौं देखि जरा गाडेर बसेको अन्धबिश्वास कुरीति कुसस्कारको अन्त्य हुनुपर्छ ।

छिमेकी राष्ट्र भारतमा पनि धेरै हिन्दुहरु छन त्यहाँ गाई गोरुलाई काटेर खान्छन किन ? किनकी भारतमा गाई राष्टिय जनावर छैन त्यसैले गाई काटेर खानुलाई साधारण मानिन्छ । तर नेपालमा गाई हिन्दुधर्मको प्रतिक मात्र नभएर नेपालको राष्टिय जनावर पनि भएको हँुदा गाईलाई काटेर खानु पर्छ भन्नु र राष्टलाई बन्दागी राखेर बिखण्डन तिर धकेल्न पाउनु पर्छ भन्नु एकै हो । स्वतन्त्रताको नममा समाजलाई कोही कसैले बिखण्डन तिर लग्नु हुँदैन । सबै कुराहरुको समस्या संगै समधानहरु पनि हुने गर्छन तसर्थ समस्या समधानको बाटो तर्फ सबै अग्रसर हुनु आजको आवस्यक्ता हो ।

जातिय तथा धर्मिक रुपमा कुनै पनि समुदायले अन्य समुदायमा आँच आउने खालको ब्यबहार गरिनु हुँदैन । बिगतमा जात, धर्म, रितिरीवाजको आधारमा बिबिध खाले अमानबिय क्रियाकलाप भएका थिए तर अहिले देशमा आमुल परिबर्तनहरु शुरु भएका छन । बिगतमा के भए के भएनन त्यता तिर समय खेरा फाल्नु भन्दा भाबी दिनहरुमा देशलाई कसरी अग्रसरको बाटो तर्फ अगाडी बढाउन सकिन्छ त्यतातिर सबैको ध्यानकर्षन हुन जरुरी छ । तसर्थ समाजमा रहेका सबै जातजाती, समुदायमा भाईचारा सम्बन्ध सुदृढ गरौं । अफु र अफ्नो समुदाय जस्तै सबै एकै हुन सबैको हक अधिकार बराबर छन भन्ने मनन गरौं । एक आपसमा भनाभन र सत्रुताको ब्यबहार आजैबाट बन्द गरौं । जातजाति, भाषा, धर्म, संस्कृति भन्दा एक कदम अगाडी बढेर मानव र मानबियताको परिचय दिउ । एसियाका महामानव गौतम बुद्ध जस्ता शान्तिको अग्रदुत पैदा भएको देशबाट बिश्वभर शान्तिको सन्देश फैलाउन लागी परौं सम्पुर्ण नेपालीहरुमा शुभकामना ।

कमेन्ट गर्नुहोस्