गजलः आयौ किन यो जिन्दगीमा ?

विद्या भट्टरार्इ

मुटुभित्र बास दिए आखिर, मर्किएरै गयौ तिमी ।
आयौ किन यो जिन्दगीमा, फर्किएरै गयौ तिमी ।।

तिम्रो भलो चाहन्थेँ  म हरपल, भन्नै पर्दा खेरी ?
असार सावनको पानी बनी, दर्किएरै गयौ तिमी ।।

बिर्सु भन्छु झनै ध्यान तिम्रै, स्मृतिमा गाडिरहने ?
घटना बन्यो चोट पुग्ने गरी, चर्किएरै गयौ तिमी ।।

कहिल्यै नछुट्ने नाता जोडेको, तिमी शीत भन्थौ ?
अमृतजस्तो मायाँ पनि यहाँ, छर्किएरै गयौ तिमी ।।

दुःख–सुख जे भए नि सँगै, साट्ने वाचा थियो ?
बीच बाटोमा किन छोड्यौ, तर्किएरै गयौ तिमी ।।

बाँझै थियो दिलको बारी , तिमिलाइ सबै सुम्पिदिँदा
यही ठाउँमा जोडी साइनु ,सर्किएरै गयौ तिमी ।।

विद्या भण्डारी (आँसु), नुवाकोट त्रिशुली

फेसबुकबाट साभार

कमेन्ट गर्नुहोस्