एकपटक मजाले हासौंः धुर्मुस स्वर सम्राट

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो । यत्तिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो ।

केही बेरपछि किसान सुक–सुक गर्दै रुन थाल्यो ‘।

धुर्मुसः (मनमनै खुशी हुँदै) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमीमात्रै रहिछौ ।

किसानः म हजुरको गीत सुनेर रोएको होइन ।

धुर्मुसः अनि किन त…?

किसानः पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो । आज मलाई मेरो गोरुको याद आयो अनि रोएको ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्