बजारमा सुनचाँदीको भाऊ ह्वात्तै बढ्यो !

काठमाडौं । साताको पाँचौ दिन बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार सुन प्रतितोला ५८ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाँले बढेर चाँदी प्रतितोला मूल्य ७७० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्