उत्तर कोरियाले रिहा गऱ्यो तीन अमेरिकी नागरिक, ट्रंपले भने भेटवार्ताको स्थान र मिति तय

वाशिंगटन । उत्तर कोरियाले उसको जेलमा रहेका तीनजना अमेरिकी नागरिकलाई रिहा गरेको कुरा स्वयम् राष्ट्रपति ट्रंपले दिएका छन् ।

ट्रंपले ट्विट गर्दै भनेका छन्, ” मलाई यो कुरा बताउँदै गर्दा साह्रै खुसी लागिरहेको छ कि विदेशमन्त्री माइक पोम्पियो कोरियाबाट आउने विमानमा हुनुहुन्छ र उहाँसँग तीन अमेरिकी नागरिक पनि उपस्थित रहेका छन् । तिनीहरुलाई भेट्न सबै व्यग्र छन् र उनीहरूको स्वास्थ्य ठिक रहेको छ । यसका साथै किम जोङ उनसँग भेटवार्ताको स्थान र दिन समेत तय भएको छ ।”

एउटा अर्को ट्विटमा डोनल्ड ट्रंपले विदेशमन्त्री पोम्पियो र उनीसँगै फर्किरहेका तीनै पाहुनाहरू बिहान २ बजे एन्ड्र्युज एयर फोर्स बेसमा पुग्नेछन्, म स्वयम् त्यहाँ उपस्थित रहने छु, मा उनीहरूसँग भेट्न अत्यन्त उत्साहित छु ।

 

 

उत्तर कोरियाको यस कदमलाई डोनल्ड ट्रंप र उत्तर किओरियाली राष्ट्रपति किमबीच हुने ऐतिहासिक भेटवार्ताको पहिलो सद्भावना संदेशको रूपमा हेरिएको छ ।

उत्तर कोरियाले तीनजना अमेरिकी नागरिक किम हक-सोङ, टोनी किम र किम डोङ-चुललाई देशविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सश्रम कारावासको सजाय सुनाएको थियो ।

यी मध्ये किम-हक सोङ इसाई धर्म प्रचारक र किम डोङ-चुल इसाई पादरी रहेका थिए भने टोनी किम प्योङयाङ विश्वविद्यालयमा काम गर्दथे । उनीहरूमाथि उत्तर कोरिया विरुद्ध जासुसी गरेको आरोप लागेको थियो ।

बिबिसी

कमेन्ट गर्नुहोस्