संस्थापक नेता क. लामाको स्मृतिसभा बर्दिवासमा शुरु, केही बेरमा प्रचण्डले सम्बोधन गर्दै

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड निर्मल लामाको १८ औं स्मृति सभा महोत्तरीको बर्दिबासमा शुरु भएको छ ।

स्मृतिसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेता अमिक शेरचन, दिनानाथ शर्मा र शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका नेताहरु कार्यक्रम स्थल बर्दिबास कभर्ड हलमा पुगेका छन् ।

यसअघि बिहीबार दिउँसो साढे १२ बजेदेखि स्मृति सभा शुरु हुने बताइए पनि केही समय दिलो गरी भर्खरैमा शुरु भएको हो ।

सभालाई प्रचण्ड, नेपाललगायतका नेताले सम्बोधन गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्