आइपीएलमा कोलकाताको हारपछि माफी मागे शाहरुखले

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को क्रेज दर्शकहरुमा दिनदिनै बढ्दो छ । तर आफूले समर्थन गरेको टिमका खेलाडीले मैदानमा राम्रो प्रदर्शन गरेनन् भने दर्शकहरुलाई निराशामात्रै हात लाग्छ ।

यस्तै अवस्था यो सिजनको आईपीएलमा पूर्वविजेता कोलकाता नाइटराइडर्सले उत्पन्न गरेको छ । यो सिजन लगातार खेल गुमाइरहेपछि उसका दर्शक पनि निराश भएका छन् ।

यस्तो अवस्थामा जो कोहीले हारका लागि टिमको तर्फबाट माफी माग्न पनि तयार हुँदैन । तर केकेआरको निराशजनक प्रदर्शनका लागि मालिक तथा बलिउड अभिनेता शाहरुख खानले फ्यानसँग माफी मागेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै माफी मागेका हुन् । ‘खेल जोशसँग जोडिएको हुन्छ । हार या जीतले यसलाई दर्शाउन सक्दैन । त आज एक मालिक हुनुको नाताले म कोलकाता टीमको जोशमा आएको कमीका लागि प्रशंसकसँग माफी माग्न चाहन्छु ।’

गएराति खेलिएको आईपीएलको खेलमा मुम्बईले कोलकातालाई १०२ रनले पराजित गरेको थियो । यस हारका साथै कोलकाताको टीम शीर्ष ४ बाट बाहिरियो । अर्कातिर मुम्बईको टीमले जितका साथ शीर्ष चारमा स्थान बनाएको छ । उसले प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

शाहरुख अहिले निर्देशक आनन‍द एल रायको फिल्म ुजीरोु को सुटिङमा व्यस्त छन् । यस फिल्ममा उनले एक फरक क्षमता भएको व्यक्तिको भूमिका निभाएका छन् । यस फिल्ममा अनुष्का शर्मा र कैटरिना कैफ पनि मूख्य भूमिकामा छन् ।

कमेन्ट गर्नुहोस्