Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइतबार उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, वैशाख २७ । सरकारले आगामी आइतबार (वैशाख ३० गते)काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने भएकोले सरकारले उपत्यकामा बिदा दिने भएको हो। उपत्यकाबाहेक अन्यत्र भने बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएका  छन् ।

सरकारले १४ चैत ०७४ मा नेपाल राजपत्रमा निकालेको सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रालगायत चार वटा जात्रा लाग्ने दिन काठमाडौं उपत्यकामा बिदा दिने उल्लेख गरेको छ।

सरकारले १०४ दिन बिदा कटौती गर्दै ८९ दिन बिदा दिने निर्णय गरेको भए पनि जात्रा लाग्ने चार दिन भने बिदा कटौती गरेको थिएन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: