केन्यामा बाँध भत्किँदा ३२ जनाको मृत्यु, हजारौं घरबार विहीन

नैरोवी, वैशाख २७ । भारी वर्षापछि केन्याको एक वाँध भत्किदाँ ३२ जनाको मृत्यु भएको छ ।

राजधानी नौरोवीबाट १९० किलोमिटर टाढा उत्तरपश्चिमको सोलाईमा रहेको पटेल बाँध बुधबार भत्किदाँ ३२ जना मानिसको मृत्यु भएको छ । भने दुई हजार भन्दा बढी मानिस घरबार भएको बताइएको छ ।

याे पनि पढ्नुस  अफ्रिकामा बढे नेपाली केन्या र नाइजेरियामा दूतावास स्थापनाको पहल

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको र उनीहरुको मृत्यु हिलोमा फसेर हुन गएको केन्याली रेडक्रसले जनाएको छ ।

रेडक्रसको अनुसार ४० जनाको सकुशल उद्दार गरिएको छ ।

केन्या र आसपासको देशहरुमा लामो समयको खडेरीपछि भारी वर्षा भएको जनाइएको छ ।

याे पनि पढ्नुस  अफ्रिकामा बढे नेपाली केन्या र नाइजेरियामा दूतावास स्थापनाको पहल

उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

बीबीसी

कमेन्ट गर्नुहोस्