वैशाखसम्म औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त हुन्छ : मन्त्री पुन

काठमाडौं, वैशाख २८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखसम्म सबै औद्योगिक क्षेत्रमा लोडसेडिङको अन्त्य हुने दावी गरेका छन् ।

अन्य प्रदेशमा एउटा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने र २ नम्बर प्रदेशलाई भने सोलारमा प्राथमिकतामा राखिएको उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले सुशासन कायम गर्दै विकास र समृद्धिको वातावरण बनाउन सरकार प्रतिबद्धता रहेको बताए ।

अबको विकासको एजेन्डालाई सार्थक बनाउन ऊर्जा र सिँचाइमा जोड दिइने उनको भनाइ थियो ।

चेम्बरले औद्योगीकरणका लागि ऊर्जालाई प्राथमिकता दिन आग्रह गरेको छ ।

चेम्बरले ऊर्जा मन्त्रालयले जारी गरेको स्वेतपत्रको स्वागत गर्दै अब सरकारले औद्योगिक क्षेत्रमा जोड दिनुपर्ने जनाएको छ ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले जलविद्युत्का लागि चाहिने सिमेन्ट, रडको आयातमा छुट दिनुपर्ने बताए ।

बिजुली चोरी अन्त्य गर्नुपर्ने भन्दै उनले २४ सै घन्टा औद्योगिक क्षेत्रमा बिजुली दिनुपर्ने माग गरे ।

चेम्बरले आर्थिक समृद्धिको आधार जलविद्युत् रहेको भन्दै यस क्षेत्रमा लगानी आकर्षण गर्ने वातावरण बनाउन आग्रह पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्