मोदीलार्इ स्वागत गर्न जनकपुर अाेर्लिए प्रधानमन्त्री ओली

काठमाडौँ, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सन्दर्भमा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् ।

केहीबेर अगाडि जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओली पुग्दा प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले उनलाई स्वागत गरे ।

भारतीय प्रधानमन्त्री मोदी सवार हेलिकोप्टर केहीबेरमा जनकपुरको बाह्रबिघा मैदानमा अवतरण हुनेछ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री मोदीको स्वागत गर्ने र त्यसपछि जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पुजाअर्चना गर्नुका साथै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

उनले भ्रमणका क्रममा सञ्चारकर्मीहरुको सहज पहुँचका लागि आवश्यक सहजीकरण भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्