जनकपुर अाइपुगे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणका लागि नयाँ दिल्लीबाट जनकपुर अाइपुगेका छन् ।

मोदी नयाँ दिल्लीबाट पटना हुँदै जनकपुर आएका हुन् ।

जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गरे ।

प्रधानमन्त्री ओली नयाँ ‘गेट अप’मा देखिएका छन् ।

अघि–पछि दौरा सुरुवालमा देखापर्ने ओलीले आज भने कुर्ता, पाइजामा र गम्छा भिरेका छन् ।

जनकपुरमा उनले जानकी मन्दिरमा पुजा गर्ने कार्यक्रम छ । उनलाई आजै जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

दिउँसो उनी जनकपुरबाट काठमाडौं आउने छन् ।

कमेन्ट गर्नुहोस्