सोनम र आनन्दलार्इ बधार्इ तथा शुभकामना दिन पुगेका सेलिब्रेटी (फोटोफिचर)

मुम्बई । बलिउड क्षेत्रका चर्चित अभिनेत्री सोनम कपुर दिल्लीका व्यवसायी आनन्द आहुजासँग विवाह बन्धनमा बाँधिसकेका छन् ।

मे ८ का दिन उनको विवाहको रिसेप्शन पार्टी होटल लीलामा राखेका थिए । जहाँ बलिउडका सेलिब्रेटीहरु सहभागी भएका छन् । हालैमात्र उक्त रिसेप्शन पार्टीमा सहभागी भएका सेलिब्रेटीले अाफ्ना सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमा तस्विरहरु शेयर गरेका छन् ।

जहाँ जान्ह्वी कपुरकी सौतेनी बहिनी अंशलाको साथ सान्दार पोजमा दिइरहेकी छन् । दुवैजना मिडिया सामुमात्र होइन, अाफू-अाफूमा पनि फोटो पोज दिइरहेका थिए । त्यही अंशुलाको साथ खुशीको पनि देखिएकी छन् ।

साथै, अर्की चर्चित अभिनेत्री करिना कपुर स्टनिंग लुक्समा देखिएकी छन् भने अमृता र बाँकी अरु सेलिब्रेटी क्वालिटी टाइप स्पेन्ड गरिरहेका थिए ।

बलिउड अभिनेत्री सोनम कपुर आनन्द आहुजाको विवाह रिसेप्शन पार्टीमा बधाई तथा शुभकामना दिनका निम्ति शिल्पा र ऐश्वर्या दुवैजनाको भेटमा फोटोशुट लिएका छन् ।

दुवैजना फोटोशुटमा निकै आकर्षण पोजमा देखिएका छन् । यसैको साथमा अर्की अभिनेत्री करिना कपुर र आलिया भट्ट एकसाथ सैफसँग ग्रुप फोटोमा सामेल भएका छन् । जहाँ सबैजना मस्ती गरिरहेका थिए ।

उक्त रिसेप्शन पार्टीमा बलिउडका सुपरस्टार सलमान खान, सनाया कपुर, अर्पिता खान, करिश्मा कपुर, संजय कपुर, करन जौहर, शाहरुख खान, मनिषा मल्होत्राका खास उपस्थिति रहेका छन् ।

हेर्नुहोस् फोटोफिचर-

 

 

 

कमेन्ट गर्नुहोस्