जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (LIVE)

जनकपुर, वैशाख २८ । दुई दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन्।

४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन्। उनी एयर इन्डियाको विमानबाट नयाँ दिल्लीबाट जनकपुर विमानस्थल ओर्लिएका हुन्।

जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका हुन्। विमानस्थलबाट मोदी जानकी मन्दिर जाने छन्। त्यहाँ उनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गर्नेछन्। दुवै समकक्षीले संयुक्त पूजाअर्चना गर्ने बताइएको छ।

जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजापश्चात मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

 

कमेन्ट गर्नुहोस्