प्रधानमन्त्री ओलीले गरे समकक्षी मोदीलाई जनकपुरमा स्वागत

काठमाडौं, वैशाख २८ । नेपालको दुई दिने राजकीय भ्रमण जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समकक्षी केपी शर्मा ओलीले रामजानकी मन्दिरमा स्वागत गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजा सुरु गरेका छन्।

भारतको एयर इण्डियाको विमानबाट जनकपुर विमानस्थलमा आइपुगेका मोदी त्यहाँबाट उच्च सुरक्षाकासाथ जानकी मन्दिरमा पुगेका हुन्।

कमेन्ट गर्नुहोस्