प्रधानमन्त्रीद्वय ओली र मोदीले गरे जनकपुर–अयोध्या सिधा बस सेवाको शुभारम्भ

जनकपुरधाम, वैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ पनि शुभारम्भ पनि  गरेका छन्।

त्यसअघि जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका हुन्।

विमानस्थलबाट मोदी सिधै राजजानकी मन्दिर पुगेका थिए । त्यहाँ उनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गरे । त्यपछि मोदीले मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरे ।

जनकपुरको जानकी मन्दिरमा पूजा अर्चनापछि बोल्दै प्रधानमन्त्री मोदीले नेपाल, प्रदेश सरकार, मन्दिर व्यवस्थापन समिति तथा आफ्ना समकक्षी केपी ओलीलाई धन्यवाद ज्ञापन गरे।

सम्बोधनका क्रममा मोदीले अयोध्या र जनकपुरको परापूर्वकालदेखि नै सम्बन्ध रहिआएको स्मरण गरे।

जनकपुर उपमहानगरपालिकाले प्रधानमन्त्री माेदीलार्इ गर्ने नागरिक अभिनन्दन कार्यक्रम शुरु भएकाे छ।

कमेन्ट गर्नुहोस्