माेदीलार्इ जनकपुरमा १२१ किलोका तीनवटा माला

जनकपुरधाम, वैशाख २८ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरधाममा १२१ किलोको माला लगाई दिएर नागरिक अभिनन्दन गरिएको छ ।

शुक्रबार जनकपुर उपमहानगरपालिकाद्वारा रंगभूमि मैदानमा आयोजित कार्यक्रममा तीनवटा १२१ किलोको माला लगाई नागरिक अभिनन्दन गरिएको हो ।

प्रधानमन्त्री मोदीलाई २ नं प्रादेशिक सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका तीनवटा माला लगाएर अभिनन्दन गरिएको हो ।

प्रधानमन्त्री मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वारमा मोदीको तस्वीरसहितको व्यानर झुण्ड्याईएको छ । स्वागतका लागि जनकपुर विमानस्थलदेखि मुरली चोक, विश्वकर्मा चोक, भ्रमरपुर चोक, रामानन्द चोक र जानकी मीन्दरसम्म दर्जनौं स्वागतद्वार निर्माण गरिएको छ ।

कमेन्ट गर्नुहोस्