Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मोदी समक्ष २ नं प्रदेशका मुख्यमन्त्रीको दुखेसो– राज्यले हामीलार्इ विभेद गर्यो

जनकपुर, वैशाख २८ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष राज्यले आफूलाई विभेद गरेको गुनासो गरेका छन्।

जनकपुरको बाह्रबिघा मैदानमा शुक्रबार आयोजित मोदीको नागरिक अभिनन्दन कार्यक्रममा राउतले २ नम्बर प्रदेशप्रति राज्यले विभेदकारी नीति लिएको भन्दै दुखेसो पोखेका हुन् ।

विकासका दृष्टिकोणले २ नं प्रदेश पछि परेकाले सहयोगका लागि पनि मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीसँग आग्रह गरे ।

राउतले मोदीको जनकपुर भ्रमणले मधेसी समुदायको पहिचान संसारभर फैलिएको उल्लेख गरे । मोदीको जनकपुर भ्रमणले यस क्षेत्रको विकासको संभावना बढेको, दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको राउतले बताए ।

नेपाल र भारतको खुला सीमानाले दुई देशबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई प्रघाढ बनाउन बल पुर्‍याएको दाबी गरे । खुला सीमानाका कारण दुई देशको राजनीतिक परिवर्तनमा समेत बल पुगेको उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: