नेभरहुड फस्टमा नेपाल भारतको पहिलो प्राथमिकतामा : प्रम मोदी

जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले शुरु गरेको नेभरहुड फस्टमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा जनकपुरको बाह्रविधा मैदानमा शुक्रबार आयोजित नागरिक अभिनन्दन कार्यक्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदी भने, ‘म नेभर हुड फस्टका कारण नेपाल भ्रमणमा आएको हुँ ।

आफ्नो नेतृत्वमा अहिले भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडि बढीरहेको उनले बताए । र आफूले सबै छिमेकी तीब्रगतिमा विकासको मार्गमा अघि बढेको देख्न चाहेको पनि दाबी गरे ।

गत वर्ष नेपालमा सम्पन्न निर्वाचनको उच्च प्रशंसा गर्दै उनले भने, ‘एक वर्षमा तीन स्तरको चुनाव सम्पन्न गरेर नेपाल बधाईको पात्र भएको छ ।’

उनले सातवटै पदेशमा सरकार पनि गठन भएको र यसले नेपाललाई मात्र नभएर भारतलाई पनि गर्व लागेको बताए ।

नेपाल सामाजिक, आर्थिक समृद्धिका लागि नयाँ चरणमा प्रवेश गरेको उनले बताए ।

‘जसरी म यहाँ पटक पटक आएको छु, त्यसरी दुई देशका जनता बेरोकटोक आउन पाउनुपर्छ ।’

उनले नेपालको राजनीतिक बुलेट छाडेर ब्यालेटमा आएको र युद्धको बाटो छाडेर बुद्धको बाटोमा लागेको प्रति खुशी पनि व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्