मोदी काठमाडौं आउन ढिलो हुँदा यात्रु र ट्राफिकलाई सास्ती

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुर्व निर्धारित समय अनुसार नआएपछि काठमाडौंमा ट्राफिक प्रहरीलाई सवारी ब्यवस्थापनमा समस्या भएको छ । यातायात ठप्प हुँदा सर्वसाधारणलाई समेत दुःख भएको छ।
मोदी एक बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थलमा आउने कार्यक्रम भएपनि उनी जनकपुरबाट आइईपुगेका छैनन।
दुई बजेसम्म उनी जनकपुरमै थिए । ट्राफिक प्रहरीले १२ बजेदेखी नै एयरपोर्टदेखि बौद्धस्थित हायात होटलको बाटो खाली गर्न थालेको थियो । यसकारण जनजीवन प्रभावित बनेको थियो ।
मोदी आउन ढिलाई भएपछि प्रहरीले उक्त सडकखण्ड खाली नै राखेको छ । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था पनि बलियो बनाइएको छ।

कमेन्ट गर्नुहोस्