विवेकशील साझाको कार्यालयबाट प्रहरीले झिक्यो मोदीविरोधी ब्यानर

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा नाकाबन्दी गरेको विरोधामा विवेकशील साझा पार्टीले कार्यालयमा टाँगेको कालो व्यानर प्रहरीले झिकेर लगेको छ।

ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा टाँगिएको ‘मोदीजी स्वागत छ। तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको कालो व्यानर झिकेर लगेको विवेकशील साझाले जनाएको छ ।

याे पनि पढ्नुस  प्रहरीलाई घुस दिन खोज्ने बस चालक पक्राउ

जिल्ला प्रशांसन कार्यालयको आदेश भन्दै डिएसपी नेतृत्वको प्रहरी टोली व्यानर झिकेर लगेको बताइएको छ ।

‘यस्तो तुल राख्न पाउने हाम्रो राजनैतिक र कानुनी अधिकार हो, प्रहरीको कदमको हामी विरोध गर्छौं,’ विवेकशीलका केन्द्रीय सदस्य मिलन पाण्डेले भने।

उनले प्रहरीले लगेको तुल फिर्ता ल्याउन आफुहरू जिल्ला प्रशासन कार्यालय जान लागेको र तुल फिर्ता नदिए अर्को बनाएर राख्ने बताए।

याे पनि पढ्नुस  प्रहरीको यतिसम्म ज्यादती, चालकमाथि निर्घात कुटपिट

कमेन्ट गर्नुहोस्