जनकपुरलाई भारतमा गाभेर मिथिला राज्य बनाउन मोदीलाई सुझाव

काठमाडौं, वैशाख २८ । दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा उत्रिए लगत्तै भारतीय जनता पार्टीका नेता कीर्ति आजाद जनकपुरलाई भारतमा गाभ्न सुझाव दिएका छन् ।

दुई पटक भारतीय लोक सभाका सदस्य भइसकेका भारतीय जनता पार्टीका नेता आजादले शुक्रबार मोदी जनकपुर ओर्लिएलगत्तै मिथिलाको राजधानीलाई भारतमा गाभ्न

सन् १९८३ मा भारतले क्रिकेटको विश्वकप जित्दा टिमका सदस्य पनि रहेका आजादले जनकपुरलाई भारतमा गाभ्न आग्रह गरेपछि नेपालबाट उनको चर्को आलोचना सुरु भएको छ ।

आजादले बिहारका मुख्यमन्त्री नितिश कुमारको पनि ध्यानाकर्षण गराउँदै दुई सय वर्ष पहिले नेपाल–अंग्रेज सम्झौताका क्रममा नेपाललाई दिइएको मिथिला भूमि वापस लिएर मिथिला राज्य बनाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्, ‘आदरणीय नरेन्द्र मोदीजी मिथिलाको राजधानी जनकपुर धाममा तपाईँलाई स्वागत छ । दुई सय वर्ष पहिले अंग्रेज र नेपालबीच भएको सन्धी, जसमा मिथिलाको भाग नेपाललाई दिइएपछि मिथिला क्षेत्र समाप्त भयो । अनुरोध छ यसलाई फिर्ता लिएर मा सीताको आदर गर्दै मिथिला राज्यको गठन गर्नुस् ।’

आजादलाई एक हत्याको मामिलामा केही महिनाअघि भारतीय जनता पार्टीले निलम्बन गरेको छ । भाजपा नेताकै एक बाबुको हत्या अभियोगमा निलम्बनमा परेका उनी यसअघि दिल्ली बिधान सभाका सदस्य पनि भइसकेका छन् ।

आजादले बिहारमा छुट्टै मिथिला राज्यको पनि वकालत गर्दै आएका छन् । आजादले कुनै बेला मिथिलाको राजधानी रहेको जनकपुरलाई पनि त्यही सन्दर्भमा भारतमा गाभ्नुपर्ने बताएका हुन् ।

कमेन्ट गर्नुहोस्