मोदीलाई ‘गार्ड अफ अनर’

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा ‘गार्ड अफ अनर’को सम्मान दिएको छ ।

नेपाली सेनाको सैन्य टुकडीबाट ‘गार्ड अफ अनर’को सम्मान दिएकाे हो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने उनी दोस्रो विदेशी प्रधानमन्त्री हुन्। यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई गत फागुन २१ गते ‘गार्ड अफ अनर’को सम्मान दिइएको थियो।

विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो, तर केपी ओली नेतृत्वको सरकारले टुँडिखेलमा सम्मान दिने प्रचलन सुरू गरेको हो ।

सैनिक मञ्चमा मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू लगायतको उपस्थिति रहेको छ।

कमेन्ट गर्नुहोस्