मुलुको विकासका लागि सबै संकल्प गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं, वैशाख २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेपालीले मुलुकलाई अघि बढाउने संकल्प लिने बेला आएको बताएका छन्।

शुक्रबार लेखक, कलाकार एवं पर्यटन व्यवसायी राजन सिंखडाद्वारा लिखित ‘हिँडे पुग्छ’ नामक पुस्तकको राजधानीमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘लामो समयको अराजकतापछि मुलुक राजनीतिक स्थायित्वको दिशामा अघि बढेको छ । अव विकास र समृद्धिका लागि सबैले संकल्प गर्ने बेला हो यो ।’

याे पनि पढ्नुस  ‘प्रचण्डले पार्टी नीतिअनुरुप बोल्दा पनि अमेरिकालाई के को आपत्ति?’

प्रचण्डले सिंखडाले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउने प्रेरणा दिने खालको पुस्तक लेखेको भन्दै खुशी व्यक्त गर्दै धनयवाद दिए ।

सिंखडाको हिँडे पुग्छ पुस्तकमा पर्यटन क्षेत्रको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सकिने प्रंसग र दृश्टान्त दिइएको छ ।आत्मविश्वास जगाउने प्रयास गरिएको छ।

याे पनि पढ्नुस  ‘इन्डो–प्यासिफिक रणनीति’ मा प्रचण्डकाे असहमति !

कमेन्ट गर्नुहोस्