दमक गोल्डकपको उपाधि नेपाल पुलिसलाई

झापा, वैशाख २८ । दमक गोल्डकपको उपाघि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ ।

दमक बहुमुखी क्याम्पसको खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

उपाघिसँगै पुलिसले नगद १३ लाख ११ हजारसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता मनाङले नगद ६ लाख ११ हजारमा चित बुझायो ।

खेलको ८८ औं मिनेटमा पुलिसका रवी पासवानको क्रसमा रेजिन सुब्बाले हेडमार्फत् गोल गर्दै पुलिसलाई जारी सिजनको दोस्रो उपाधि दिलाउनु सफल भए । खेलको म्यान अफ दि म्याच पुलिसका अभिषेक रिजाल घोषित भए ।

उनले नगद ११ हजार प्राप्त गरे । त्यस्तै, उत्कृष्ट डिफेन्स पुलिसका सन्तोष हेमरन, उत्कृष्ठ मिडफिल्डर मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट स्ष्ट्राइकर पुलिसका रेजिन सुब्बा, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्त थापा घोषित भए । उनीहरुले नगद २५ हजार प्राप्त गरे । म्यान अफ दि टुनामेन्ट पुलिसका गोलरक्षक किरण चेम्जोङ घोषित भए ।

कमेन्ट गर्नुहोस्