ओली र मोदीले गरे अरुण तेस्रोको उद्घाटन, औपचारिक रूपमा अगाडि बढ्ने भयो काम

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरेका छन्।

राजधानीको द्वारिकाज होटलमा प्रम ओली र मोदीबीच एक्लाएक्लै वार्तापश्चात दुबै नेताले  संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन् ।

शिल्यान्यासपछि उक्त जलविद्युत आयोजनाको निर्माणको काम औपचारिक रुपमा अगाडि बढ्ने बताइएको छ।

भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएन कम्पनीले निर्माण गर्न लागेको नेपालको ठूलो जलविद्युत आयोजनामा देखिएका जग्गा प्राप्ती तथा सडकको समस्या हल भइसकेकाले उक्त परियोजना निर्माणमा अब कुनै समस्या नभएको लगानी बोर्डको भनाई छ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलार्इ मोदीले लेखेको चिठीमा के छ ?

गत वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणको दोस्रो दिन चैत्र २४ गते हैदरावाद हाउसमा ओली र उनका भारतीय समकक्षी मोदीले संयुक्त रूपमा स्विच थिचेर अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको भए पनि उक्त समय शिलान्यास स्थगित भएको थियो।

उक्त समय नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिलन्यास रोकिएको भनिएको थियो ।

याे पनि पढ्नुस  उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

उक्त औपचारिकतासँगै ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको कामले गति लिने विश्वास गरिएको छ ।

तीन वर्षअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकै बेला लगानी बोर्ड र भारतीय कम्पनी एसजेभिएन बीच परियोजना विकास सम्झौता पीडीए भएको थियो।

आयोजनाको समस्याको रूपमा रहेको जग्गाको स्वामित्व, बन क्षेत्रको प्रयोग र सडक निर्माणको काम पनि समाधान भइसकेको बताइएको छ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा भियतनामको हा लोङ खाडी भ्रमण

संखुवासभा जिल्लामा पर्ने परियोजना सम्पन्न गर्न करिब ५ वर्ष लाग्ने अनुमान छ र यसमा लगभग १ खर्ब ४ अर्ब लाग्ने छ।

सम्झौता अनुसार आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई नि:शुल्क उपलब्ध गराइनेछ।

आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने पनि सम्झौतामा उल्लेख छ।

 

कमेन्ट गर्नुहोस्