भारतमा फेरि अर्की किशोरीको बलात्कारपछि जिउँदै जलाएर हत्या

काठमाडौं, वैशाख २९ ।  भारत मध्य प्रदेशको एक गाउँमा १६ वर्षकी किशोरीको बलात्कार पछि हत्या भएको छ ।

सागर जिल्लाकी किशोरीको बलात्कारपछि उनकै घरमा जिउँदै जलाएर हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक हप्ताभित्र भारतमा बलात्कार पछि किशोरीलाई जलाइएको यो तेस्रो घटना हो ।

पीडित किशोरीले आफूमाथि भएको घटनाबारे परिवारका सदस्यालाई भन्ने बताएको र त्यसपछि बलात्कारीले उनलाई जलाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्