भारतीय प्रधानमन्त्री मोदी एयरपोर्टबाट सिधा पशुपतिनाथ मन्दिरमा

काठमाडौं, वैशाख २९ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिर पुगेका छन् ।

त्यहाँ उनले विशेष पुजाअर्चना गर्नेछन् । यसअघि बिहान मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्किएका मोदी त्रिभुवन विमानस्थलबाट सिधै पशुपतिनाथ पुगेका हुन् ।

काठमाडौं महानगरपालिकाले आज अपरान्ह मोदीको सम्मानमा नागरिक अभिनन्दनको समेत आयोजना गर्दै छ ।

दुई दिने नेपाल भ्रमण सकेर मोदी आजै अपरान्ह ४ बजे भारत फर्कनेछन् ।

कमेन्ट गर्नुहोस्