Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विवेकशील साझाको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप, ८ जना नेता पक्राउ

काठमाडौं, वैशाख २९ । पार्टी केन्द्रीय कार्यालयमा सरकारी हस्तक्षेपको शनन्तिपूर्ण विरोधमा उत्रिएकाविवेकशील साझा पार्टीका आठ जना नेता कार्यकर्तालाई प्हरीले पक्राउ गरेको छ ।

विवेकशील साझा पार्टीले रुपन्देहीमा गरेको शान्तिपूर्ण ¥यालिमा प्रदेश नं ५ का संयोजक सहित ८ जना नेता पक्राउ परेका हुन् ।

शुक्रबार केन्द्रीय कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दै नाकाबन्दीको विरोध गरिएको ब्यानर प्रहरीले हटाएपछि शनिबार विभिन्न् ठाउँमा विवेकशील साझाले त्यसको विरोध गरिरहेको छ । प

पक्राउ पर्नेमा प्रदेश नम्बर ५ का संयोजक अनुपमान सैंजु, हरिकृष्ण अधिकारी, सुवास लामिछाने, निलम अधिकारी, अनिल काफ्ले, मिन तिवारी, अर्जुन गिरी र विष्णु मिश्र रहेको पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।

आफ्ना कार्यकर्ता पक्रिएको भन्दै पार्टीले घोर भत्र्सना गरेको छ । पार्टी केन्द्रीय कार्यालय अगाडि पनि अहिले शान्तिपूर्ण विरोध प्रदर्शन भैरहेको छ ।

नाकाबन्दी लेखिएको व्यानरलाई बेलुनमा उडाएर शानितपूर्ण रुपमा विरोध प्रदर्शन गरिएको छ । साथै विवेकशील साझाको केन्द्रीय कार्यालयमा हस्तक्षेप गरी व्यानर हटाएको घटनालाई चौतर्फी रुपमा विरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: