बलिउडका चर्चित कलाकार हिमेशले गरे दोस्रो

बलिउड अभिनेता, संगीतकार तथा गायक हिमेश रेशमियाले दोस्रो पटक विवाह गरेका छन् ।

हिमेशले कलाकार सोनिया कपुरसँग शुक्रबार राती विवाह गरेका हुन्। सोनिया टेलिभिजन कलाकार हुन ।

विवाहमा हिमेशका छोरा र दुलहीका आमाबुवा बाहेक अरु कोही पनि उपस्थित थिएनन् । उनीहरुले विवाहमा बलिउडका कसैलाई पनि निम्ता नगरेको बताइएको छ ।

हिमेशले गत वर्ष पत्नी कोमलसँगको २० वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए।

२०१६ मा उनीहरूले सम्बन्ध विच्छेदको लागि निवेदन दिएका थिए। त्यतिबेला दुबैले आफूहरू आपसी सहमतिमा सम्बन्धलाई विश्राम दिएको बताएका थिए।

कमेन्ट गर्नुहोस्