अबुधाबीमा बुद्द जयन्ती मनाईयो

युएई । युनाईटेड अरब ईमिरेट्स (युएई) को अबुधाबीमा २,५६२ औं बुद्द जयन्ती मनाईएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको आयोजनामा मे ११ तारिक शुक्रबारका दिन अबुधाबीमा बुद्द जयन्ती समारोहको आयोजना गरी बुद्द जयन्ती मनाईएको हो ।

 

ईनास अबुधाबी क्षेत्रीय समितीद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी ईनाश ग्लोबल समिती (निदर्ल्याण्ड) का सल्लाहकार मनोज गोर्खालीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख आतिथीबाट दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा लामा गुरुबाट धार्मिक मन्त्र उच्चारण, ध्यान, पूजापाठ तथा प्रसाद ग्रहण गरिएको थियो ।

कार्यक्रम ईनास अबुधाबी क्षेत्रिय अध्यक्ष भीम घिसिङको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाली प्रबासी मंच युएईका अध्यक्ष श्याम कंडेल, जनसंपर्क समिती युएईका अध्यक्ष खेमराज बस्नेत, ईनास युएईकी अध्यक्ष रेखा घिमिरे र पत्रकार महासंघ युएईका सचिब मेघराज सापकोटाले बुद्द जयन्तीको महिमाको चर्चा गर्दै शुभकामना ब्यक्त गरेका थिए ।  बक्ताहरुले भगवान बुद्दको बचनको बारेमा चर्चा गर्दै शान्तिको कामना गरेका थिए । एनआरएन मध्यपुर्ब उपसँयोजक गोपाल कंडेल, आईसीसी सदस्य सुदिप कार्की, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, ईनास एसिया संयोजक आशिष पुरुष, गजलकार जे सागर, एनआरएन उपाध्यक्ष बाल कृष्ण मरासिनी, स्याङ्जा समाज युएईका महासचिब ओम प्रकाश पोखरेल, रुन्चे गायक प्रकाश पौडेल, लोक दोहोरी प्रतिस्ठान युएईका अध्यक्ष गोपी कृष्ण पँगेनी, झापाली समाजका महासचिब मणी सुबेदी, पाल्पाली समाज, नेपाली जनप्रगतिशिल मंच युएई लगायत बिभिन्न संघसंस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा युएईमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान दिएका झण्डै देढ दर्जन ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । गजलकार जे सागर, कबि समर्दर्शी काहिला, एभरेष्ट मार्शल आर्ट्सका सिनियर प्रशिक्षक रबी शाही, भलिबल संघ युएईका हिरालाल श्रेष्ठ, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, युवा संयोजक नबिन पौडेल, प्रकाश ढकाल, अनलाईन खबरका युएई सम्बादाता राम प्रसाद ढुङेल, संचारकर्मी मेघराज सापकोटा आदि ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रमको दोश्रो चरणमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । युएईमै रहेर गायन र नृत्यमा निरन्तरता दिईरहेका नेपाली कलाकारहरुको अब्बल प्रस्तुती रहेको थियो । सन्ध्या सुस्केरा, कबिता बिक, जोबन गुरुङ, कृष्ण खबास, नम्रता लामा, हरी मोक्तान, पदम राई, सारीका सुनार, पारस लामा, दिपक गुरुङ सहित झ्ण्डै २ दर्जन कलाकारहरुले प्रस्तुती दिएका थिए । आयोजकका अनुसार दर्शकहरुको उपस्थिती अत्यधिक भएकोले केही क्षणलाई कार्यक्रम स्थगित गरी हल परिवर्तन गरिएको थियो ।

गत बर्ष युएईका ४५ वटा संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको अबुधाबी मुसाफाको मलायली समाजको कार्यक्रम हलमा नै यसपाली ईनास युएईले एकल रुपमा कार्यक्रमको आयोजना गरेको थियो । राष्ट्रिय ख्यातिप्राप्त कलाकार गायक अनिल सिँह र नायिका अमृता सम्बाहाम्फेले उपस्थित दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

त्यसैगरी बिभिन्न संस्थाहरुको आयोजनामा दुबईको अलकोजमा समेत बुद्द जयन्ती कार्यक्रम आयोजना गरियो । नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष पासँग शेर्पाको सभापतित्व रहेको उक्त कार्यक्रममा बिभिन्न जातजाती र समुदायका झांकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाल बिजनेस काउन्सिल युएईका अध्यक्ष असिफ अली सिद्दिकीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका नेपाली कलाकारहरुको साथै नेपालको चर्चित ब्याण्ड सत्यकृतले आफ्नो प्रस्तुती दिएको थियो । साँस्कृतिक कार्यक्रमको संयोजन नेपाली प्रगतिशिल कलाकार संघका अध्यक्ष नबिन दोङले गरेका थिए ।

कमेन्ट गर्नुहोस्