मोदी र उपेन्द्रको ‘वान टु वान’ वार्ता

काठमाडौं, वैशाख २९ । दुई दिने राजकीय भ्रमण क्रममा शुक्रबारदेखि नेपालमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राजनीतिक दलका नेताबीचसँग भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्री मोदीले आजै पनि विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन्। यसै क्रममा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केहीबेर अगाडि हायात होटेलमा वान टु वान वार्ता गरेका छन् ।

आज बिहानै मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किएका मोदीले पशुपतिनाथमा विशेष पूजा गरेर हायात होटल फर्किएपछि राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन्।

मोदीले केहीसमय अघि कांग्रेस नेताहरुसँग सामूहिक भेट गरेका थिए । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोदीबीच पनि केही समयपछि भेटवार्ता हुँदै ।

त्यस्तै राजपाका नेताहरुसँग मोदीले सामूहिक भेट गरेका थिए।

कमेन्ट गर्नुहोस्