प्रचण्ड–मोदी भेटमा विराटनगर र सीमाको कुरा उठेपछि…

काठमाडौं, वैखाव २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ ।

भेटमा प्रचण्डले प्रधानमन्त्री मोदीलाई विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन र सीमामा देखिएको समस्या समाधान गर्न सुझाव दिएका छन् ।

प्रचण्ड र प्रधानमन्त्री मोदीबीच हायात होटेलमा शनिबार दिउँसो भेटवार्ता भएको हो । दुई दिने राजकीय भ्रमणमा नेपालमा रहेका मोदी हायात होटेलमा बसेका छन ।

प्रचण्ड र मोदीबीच वान टु वान वार्ता भएको थियो । प्रचण्ड पार्टीका अन्य कसैलाई नलिई एक्लै होटेल हायात पुगेका थिए । भेटपछि संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले भने, ‘दुई देशबीचको सम्बन्ध सुधारमा भारतीय प्रधानमन्त्री मोदीजीले निकै राम्रो भूमिका खेल्नु भयो ।’

कमेन्ट गर्नुहोस्