भाजपा सांसदको ट्विटबारे प्रचण्ड चासो; मोदीलाई भने- यस्ता कुरा रोक्न लाउनुस्

काठमाडौँ, वैशाख २९ । नेकपा मओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको विवादास्पद ट्विटबारे भारतीय प्रधानन्त्री मोदी समक्ष चासो प्रकट गरेका छन् ।

मोदीसँग भेटका क्रममा अध्यक्ष प्रचण्डले यस्ता गतिविधिले दुई देशकोबीच सम्बन्धमा जटिलता मात्रै थप्ने चिन्ता व्यक्त गरे ।

प्रचण्डले भने, “यस प्रकारका अभिव्यक्तिहरूले स्थानीय स्तरमा सामाजिक सद्भाव भड्काउँछ र दुई देशचको आपसी सम्बन्धमा जटिलता मात्र थप्छ ।”

भारतीय सत्तारूढ दल बिजेपीका सांसद कीर्ति आजादले शुक्रवार जनकपुरलाई भारतमा गाभेर मिथिला राज्य गठन गर्न ढिलो गर्न नहुने आशयको ट्विट गरेका थिए ।

उक्त ट्विटमा प्रधानमन्त्री मोदी र बिहारका मुख्यमन्त्री नितीश कुमारलाई ह्याशट्याग गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्