मोदीले सन्दीप लामिछानेको नाम लिएपछि…

काठमाडौं, सामाजिक सञ्जालदेखि सर्वत्र आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनका क्रममा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको नाम लिएको विषय चर्चामा छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलार्इ खुशी पार्ने भाषण गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मोदीले नेपालको हिमाल, पहाड, तराइदेखि कला संस्कृति र खेलकुद क्षेत्रकोसमेत प्रशंसा समेत गरे । साथै उनले तीन वटै चुनाव एकै सालमा सम्पन्न गरेकामा धन्यवाद दिएका छन् ।

उनले समय मिलाएर लुम्बिनी जाने बताएका छन् । सुरुको दुई नेपाल भ्रमणमा पशुपतिनाथको दर्शन गरेको र यो पटक जनकपुर र मुक्तिनाथ गएको बताए । उनले भने, ‘अब समय मिएर बुद्धको जन्मभूमि लुम्बिनी जान्छु ।’

मोदीले नेपाल पनि अब आइपिएलमा जोडिएको बताएका छन् । उनले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले सन्दिप लामिछानेको नाम समेत लिएका छन् । ‘नेपाल पनि आइपिएलमा जोडिएको छ। नेपालका एक नौजवान खेलाडी सन्दिप लामिछाने त्यहाँ पुगेका छन्’ उनले भने ।

कमेन्ट गर्नुहोस्